राप्रपाको विद्यार्थी संगठनका अध्यक्षले दिए राजीनामा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय कार्यकारी अध्यक्ष महेशबहादुर सिंहले पदबाट राजीनामा दिएका छन् ।
हालै राप्रपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा लडेका उनी पराजित भएका थिए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सिंहले राजीनामा बुझाएका हुन् । पार्टीका प्रतिनिधिहरुले आफूलाई केन्द्रीय सदस्यमा अयोग्य ठानिसकेपछि पार्टीसँग सम्वन्धित अन्य जिम्मेवारीमा बस्न उचित नठानेको उनले बताएका छन् ।
‘संगठनलाई चलायमान बनाउन तथा नयाँ उर्जाका लागि नयाँ नेतृत्व आवश्यक देखेर काम गर्न सजिलो होस भनि राजीनामा दिने निर्णय गरेको छु,’ राजीनामा पत्रमा उनले भनेका छन् ।
सिंह विगत १५ वर्षदेखि राप्रविसंमा आवद्ध थिए ।
उनी २०७४ सालमा भएको संगठनको राष्ट्रिय भेलाबाट अध्यक्ष चयन भएका थिए ।