भृकुटीमण्डपमा भोट खसाल्न लागेका मतदाता रिझाउँदै देउवा (तस्बिरहरु) – Nepal Press

भृकुटीमण्डपमा भोट खसाल्न लागेका मतदाता रिझाउँदै देउवा (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा सभापतिका प्रत्याशी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानस्थलमै अड्डा जमाएका छन् । आफूले भोट खसाएर गएपछि उनी फेरि मतदाता रिझाउन भृकुटीमण्डप फर्किएका थिए ।

निर्वाचन आचारसंहिता अनुसार प्रचार–प्रसारको समय सकिएर मतदाता प्रभावित बनाउने कुनै गतिविधि गर्न पाइँदैन । तर, देउवा मतदानस्थलमा प्रतिनिधिहरुलाई हात जोड्दै हिँडिरहेका छन् । उनी आफ्नो दलबलसहित सभागृहदेखि भृकुटीमण्डपको बगैंचासम्म ‘भोट माग्दै’ हिँडेका थिए ।

देउवाले सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा आफू पहिलो चरणमै जित्ने दावी गरे । भोट खसाउन धेरै बेर लगाएको विषयमा प्रश्न गर्दा उनले जवाफ दिए, ‘के गर्नु त इलेक्ट्रिक होइन ।’

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर