कांग्रेस निर्वाचन : अहिलेसम्म आठ सय मत खस्यो – Nepal Press

कांग्रेस निर्वाचन : अहिलेसम्म आठ सय मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले मतदान जारी रहेको छ ।

अहिलेसम्म आठ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वासमितिका प्रवक्ता जगन्नाथ श्रेष्ठका अनुसार तीन बजेसम्म आठ सय मत खसेको हो ।

भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा मतदान भइरहेको छ ।

राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ एवं शुभेच्छुक संस्था, कर्णाली प्रदेश र लुम्विनी प्रदेशका मतदाताले मतदान गर्दैछन् ।

भृकुटीमण्डप परिसरमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान केन्द्र तोकिएको छ । त्यस्तै प्रदर्शनी कक्षमा प्रदेश १, वागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दैछन् ।

निर्वाचन समितिले २९ प्रकारका मतपत्र तयार गरेको छ । सबै मतपत्रका लागि अलग-अलग मतपेटिका राखिएको छ ।

सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर