‘ए’ डिभिजन लिगः आज दुई खेल हुने – Nepal Press

‘ए’ डिभिजन लिगः आज दुई खेल हुने

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो चरणको अन्तिम खेलमा आज संकटा युथ क्लब र नेपाल पुलिस क्लब तथा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा हुने पहिलो खेल १ बजे सुरु हुनेछ भने दोस्रो खेल ४:४५ बजे सुरू हुनेछ ।

पहिलो चरणमा हिमालयन शेर्पा क्लबसँग १-१ को बराबरी खेलेको संकटाले दोस्रो चरणमा फ्रेन्ड्स क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको थियो । यस्तै, तेस्रो चरणमा मनाङ मर्स्याङदी क्लबसँग २-२ को बराबरी खेलेको थियो । तीन खेलबाट ५ अंक जोड्दै संकटा लिग तालिकाको छैठौँ स्थानमा छ ।

यस्तै, पहिलो चरणमा त्रिभुवन आर्मी क्लबसँग १-१ को बराबरी खेलेको पुलिसले दोस्रो चरणमा जावलाखेललाई १-० को नजिजामा हराएको थियो । तेस्रो चरणमा मा शेर्पासँग १-१ गोलको बराबरी खेलेको थियो । तीन खेलमा ५ अंक जोडेको पुलिस तालिकाको सातौँ स्थानामा छ ।

पहिलो चरण्मा मनाङसँग १-० को नतिजामा हारेको जावलाखेल दोस्रो चरणमा सोही १-० को नतिजामा पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमा मछिन्द्रसँग २-० गोलको नतिजामा पराजित भएको जावलाखेल । लिगमा जितविहीन रहँदै तालिकाको पुछारमा छ ।

पहिलो चरणको खेलमा एपीएफ क्लबलाई ३-२ को नतिजामा पराजित गरेको ब्रिगेडले दोस्रो चरणमा न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेलेको थियो । यस्तै, तेस्रो चरणमा आर्मीसँग १-० नतिजामा हारेको थियो । तीन खेलबाट ४ अंकसहित ब्रिगेड तालिकामा नवौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर