नाफ्टाली बेनेट युएईमा : खाडी मुलुकको भ्रमण गर्ने पहिलो इजरायली प्रधानमन्त्री – Nepal Press

नाफ्टाली बेनेट युएईमा : खाडी मुलुकको भ्रमण गर्ने पहिलो इजरायली प्रधानमन्त्री

दुबई । नाफ्टाली बेनेट संयुक्त अरब एमिरेट्सको भ्रमण गर्ने पहिलो इजरायली प्रधानमन्त्री बनेका छन् । उनी युएईका राजकुमार मोहम्मद बिन जायदसँग भेटवार्ता गर्न आइतबार अबुधावी प्रस्थान गरेका छन् ।

बेनेटको यो भ्रमणलाई अरब विश्वसँग सम्बन्ध सुधार्ने इजरायलको संकेतको रुपमा हेरिएको छ । सन् २०२० मा इजयरालले युएईसहित चार अरबी मुलुकसँग कूटनीतिक सम्झौता गरेको थियो ।

प्यालेस्टाइनसँगको द्वन्द्वको कारण अरबी मुलुकले इजरायलसँग औपचारिक सम्बन्ध स्थागित गर्न मानिरहेका थिएनन् । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वइजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सन् २०२० मा गरेको सम्झौतालाई भविष्यमा कसरी अघि बढाउनेबारे छलफल केन्द्रित हुने जनाइएको छ ।

गत ग्रीष्ययाममा पूर्व इजरायली प्रधानमन्त्री नेतान्याहूले खाडी मुलुकमा हुने तीनवटा भ्रमण रद्द गरेका थिए । त्यसको बाबजुद प्रधानमन्त्री बेनेटको युएई भ्रमणलाई कूटनीतिक विजयको रुपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर