कांग्रेस मतदानमा ढिलाइ, नेताहरु भोट माग्न व्यस्त (तस्वीरहरु) – Nepal Press

कांग्रेस मतदानमा ढिलाइ, नेताहरु भोट माग्न व्यस्त (तस्वीरहरु)

काठमाडौं । आज नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान हुने दिन । यतिबेला भृकुटीमण्डपमा बाक्लो चहलपहल छ । तर, बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपछि साढे १० बजेसम्म सुरसार छैन ।

मतपत्र छपाइमा ढिलाइका कारण मतदान प्रक्रिया समयमा सुरु हुन नसकेकोे हो । अहिले उम्मेदवारहरु मतदातासँग भोट माग्न व्यस्त छन् । लाइनमा बसेका मतदातालाई जुम्लाहात गर्दै मन जित्ने प्रयासमा छन् नेताहरु ।

निर्वाचन समितिले आचारसंहिता लागू भएकाले हिजैबाट प्रचारप्रसारमा रोक लगाएको छ । तर, त्यसको पालना कसैले गरेको छैन । प्रचारसामग्रीहरु यत्रतत्र छन् भने विभिन्न उम्मेदवारका पक्षमा र्‍यालीहरु पनि निस्किरहेका छन् । मतदान कतिबेलाबाट सुरु हुन्छ भन्ने आधिकारिक जानकारी दिइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर