रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने – Nepal Press

रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसको पुष्टि गरे ।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुट्न नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घोषणा गरे ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवालाई आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए ।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर