विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय समितिमा विवाद, बिथोलियो कार्यक्रम – Nepal Press

विश्व हिन्दू महासंघको अन्तर्राष्ट्रिय समितिमा विवाद, बिथोलियो कार्यक्रम

काठमाडौं । महासभा बैठकलाई लिएर विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ । महासंघले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो ।

महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज महासभा बैठक स्थगित गरिएको जानकारी गराए।

शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेदवारद्धय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको सचिव केशव सापकोटाले जानकारी दिए । महासचिव पक्षका मानिस बढी अभद्र गतिविधिमा उत्रिएपछि महासभा बैठक स्थगन गर्नुपरेको उनले बताए ।

निमित्त अध्यक्ष अर्यालले आज प्रशासनमा बुझाउनुभएको निवेदनमा कार्यकारी समितिले उपयुक्त समयमा महासभा बैठक राखेर नयाँ नेतृत्व चयन गर्ने भन्दै स्थगन गरेको जानकारी गराएका छन् ।

यता महासचिव भण्डारी पक्षले भने महासभाबाट आज कार्यवाहक अध्यक्ष घोषणा गरेको जनाएको छ । महासचिव भण्डारीले आफूलाई आज महासभाले कार्यवाहक अध्यक्ष घोषणा गरेको जानकारी दिए। महासभालाई यो घोषणा गर्ने अधिकार रहेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *