सेयर बजार परिसुचक नेप्सेमा पहिरो, बजार ८८.७० अंकले घट्दा कारोबार ३ अर्ब १९ करोडमा सीमित – Nepal Press

सेयर बजार परिसुचक नेप्सेमा पहिरो, बजार ८८.७० अंकले घट्दा कारोबार ३ अर्ब १९ करोडमा सीमित

काठमाडौं । सेयर बजार परिसुचक नेप्से आज ८८.७० अंकले घटेदै २३६१.२७ अंकको विन्दुमा झरेको छ ।

२२८ कम्पनीको ७२ लाख २३ हजार २४० कित्ता सेयर खरिदविक्रीबाट ३ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

नेप्सेमा आएको उच्च अंकको गिरावटसँगै समूहगत उपसुचकहरु रातामै देखिएका छन ।

बैंकिङ समूह ४४.५३ अंक, व्यापार समूह १८९.२५ अंक, होटल तथा पर्यटन समूह ८७.२६ अंक, विकास बैंक समूह २८१.७९ अंक, जलविद्युत समूह १२४.९६ अंक, वित्तीय समूह १००.२७ अंकले घटेकाे छ ।

यस्तै नीर्जीवन बीमा समूह ४९०.१२ अंक, उत्पादन तथा प्रसोधन समूह १६८.६८ अंक, अन्य समूह ६३.०४ अंक, लघुवित्त समूह १७५.६३ अंक, जीवन बीमा समूह ५०७.६१ अंकले घटेको छ ।

घट्दो बजारमा पनि युनिलिभर कम्पनीका लगानीकर्ताले २ प्रतिशतले कमाएका छन ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा आज नकारात्मक सर्किटब्रेक लागेको छ ।

यसैगरी लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताले ९.६२ प्रतिशत , जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ९.१७ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ९.०५ प्रतिशतले सम्पती गुमाएका छन ।

३१ करोड २८ लाख रुपैयाँ बाराबरको सेयर कारोबार गरेको मञ्जुश्री फाइनान्स कारोबार रकमका आधारमा सबैभन्दा अगाडी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर