कांग्रेस महाधिवेशन : दुई पदाधिकारी र ५८ केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता – Nepal Press

कांग्रेस महाधिवेशन : दुई पदाधिकारी र ५८ केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता

उम्मेदवारी फिर्ताकाे समय १ घण्टा थप

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशमा उम्मेदवारी फिर्ता लिने क्रम जारी छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म पदाधिकारीका उम्मेदवार २ जना र केन्द्रीय सदस्यका उम्मेदवार ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

पदाधिकारी तर्फ सभापतिका उम्मेदवार युवराज न्याैपाने र थारु कलस्टर सहमहामन्त्रीका उम्मेदवार सुरेन्द्र प्रसाद चाैधरीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिएका थिए । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बनेका हुन् ।

पदाधिकारीबाहेक ५८ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिने समय बढाएर दिउँसो १ बजेसम्म पुर्‍याइएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर