प्रकाशमान सिंह र आरजुबीच जम्काभेट, मागे एक अर्कासँग भोट – Nepal Press

प्रकाशमान सिंह र आरजुबीच जम्काभेट, मागे एक अर्कासँग भोट

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले उम्मेदवारले केन्द्रीय प्रतिनिधिसँग भोट माग्ने क्रम जारी छ ।

उम्मेदवार मनोनयन फिर्ता समय एक घन्टा थप गरिएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुन अझै केही समय कुर्नुपर्ने भएको छ ।

यसैक्रममा कांग्रेस सभापतिका उम्मेदवार प्रकाशमान सिंह र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले एकले अर्कासँग मत मागेका छन् ।

महाधिवेशनस्थलमा प्रतिनिधिसँग भोट माग्दै जाने क्रममा सिंह र देउवाबीच जम्काभेट भएको हो । दुवै उम्मेदवार हुन् । सिंह सभापतिका प्रत्यासी र आरजु केन्द्रीय सदस्यकी उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर