एमजी हेक्टरकाे गाडी नेपाली बजारमा, के छ विशेषता ? – Nepal Press

एमजी हेक्टरकाे गाडी नेपाली बजारमा, के छ विशेषता ?

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले हेक्टर एसयुभि गाडी सार्वजनिक गरेको छ ।

१.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर शाइन एमटी र सिभिटि दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मुल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटिको मुल्य ६४ लाख ९९ हजार रहेको छ ।

एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै विशेषताहरू छन् ।

कम्पनीले एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ । यसको नयाँ गेम–चेन्जर मोडलले एसयुभि लेगेसीलाई सुदृढ पार्दै लेटेस्ट् एसयुभि हाँक्ने ग्राहकहरुको चाहना पनि पुरा गर्ने कम्पनीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर