कांग्रेसजनसँग न्याय माग्दै नवराज गुरुङ आदिवासी जनजाति कोटाबाट मैदानमा – Nepal Press

कांग्रेसजनसँग न्याय माग्दै नवराज गुरुङ आदिवासी जनजाति कोटाबाट मैदानमा

काठमाडौं । बलबहादुर केसी नेविसंघको अध्यक्ष हुँदाका उपाध्यक्ष नवराज गुरुङलाई आजको नयाँ पुस्ताका कांग्रेसले न्याय गर्लान् ? महाधिवेशनको मोर्चाका आदिबासी जनजाति कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका गुरुङ कांग्रेस राजनीतिमा न्याय नपाएका पूराना नेतामा दरिएका छन् ।

वीपी कोइराला,गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको संगत र सान्निध्यमा राजनीति गरेका गुरुङ नेपालको राजनीतिक परिवर्तनको बाहक २०३६ सालको विद्यार्थी आन्दोलनका अगुवा थिए ।

नेपाली कांग्रेस पर्वतका पूर्व सभापति गुरुङले यसपटक शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्य आदिवासी जनजाति कोटामा उम्मेदवारी दिएका छन् । लोकतन्त्र स्थापनामा संघर्ष गरेका गुरुङलाई जिताउन गण्डकीका युवाले अभियान चलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर