खसआर्य महिला केन्द्रीय सदस्यमा प्रतिमाको उम्मेदवारी – Nepal Press

खसआर्य महिला केन्द्रीय सदस्यमा प्रतिमाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ प्रतिमा गौतम खस आर्य महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन् ।

२०५५ सालमा स्वतन्त्र विद्यार्थी युनियको सभापति रहेकी गौतम नेपाल विद्यार्थी संघकी पूर्व महामन्त्रीसमेत हुन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट कांग्रेसको प्रत्याशी रहेकी गौतम कांग्रेसभित्र सशक्त महिला आवाज बन्नको लागि आफूले उम्मेदवारी दिएको बताउँछिन् ।

‘कांग्रेसलाई वैचारिक र सांगठिनक रुपमा बलियो बनाउनेदेखि आधा आकाश ओगटेका महिलाहरुको भरोसाको केन्द्र बनाउनेसमेत उद्देश्य राखेर म उम्मेदवार बनेको छु’, गौतमले भनिन् ।

वीपी, गणेशमान, किसुनजी लगायतका नेताहरुको जीवनीबाट प्रभावित भएर राजनीतिमा होमिएको बताउने गौतमले विद्यार्थी राजनीतिमा गरेको योगदानलाई पार्टीका प्रतिनिधिहरुले मूल्यांकन गर्ने विश्वास समेत व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर