प्रतिगामी कदम चाल्दै ओलीले कम्युनिष्ट आन्दोलनमाथि आक्रमण गरे : श्रेष्ठ (भिडिओ) – Nepal Press

प्रतिगामी कदम चाल्दै ओलीले कम्युनिष्ट आन्दोलनमाथि आक्रमण गरे : श्रेष्ठ (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलनमाथि आक्रमण गरेको बताएका छन् ।

‘विदेशी शक्ति केन्द्रको समेत सहभागितामा केपी ओलीले आत्म केन्द्रित व्यक्तिवादी चिन्तनबाट नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्न दिएनन्,’ शनिबार पार्टीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘एकै साथ दुई प्रहार गरे । एकातिर प्रतिगामी कदम चाले । अर्कोतिर हाम्रो पार्टीमाथि आक्रमण गरे । नेपाली कम्युनिष्ट आन्दोलनमाथि आक्रमण गरे ।’

श्रेष्ठले आगामी राष्ट्रिय सम्मेलन संगठनात्मक सुदृढिकरणका लागि मात्रै नभएर रुपामन्तरणको महाअभियान पनि भएकोब ताए । उनले राष्ट्रियताको हरहालतमा संरक्षण गर्नुपर्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गरेर समाजवादी आन्दोलनतिर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिगमनको अझैं खतरा रहेको भन्दै उनले पाँच दलीय गठबन्धनलाई जोगाएर जानुपर्ने उनको भनाइ छ। ‘प्रतिगामी कदम असफल पारेका छौं,’ श्रेष्ठले भने, ‘तर, प्रतिगामी कदमप्रति अझैं सचेत हुनुपर्छ । प्रतिगामी कदमविरुद्ध जन्मेको गठबन्धनलाई कायम राखेर जानुपर्छ । पाँच दलीय गठबन्धनलाई चुनावसम्म कायम गर्नुपर्छ ।’

सदन, सडक र संसदका तीनवटै मोर्चालाई संयोजन गरेर लैजानुपर्ने उनको भनाइ छ। ‘सरकार, सदन र सडक तीनवटै मोर्चालाई संयोजन गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘हामी सरकारमा रहेका बेला सरकार मात्रै, सदनमा रहेका बेला सदन मात्रै र सडक छोडिदिने गल्ती गर्नुहुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर