शेखर कोइरालाको टिम घोषणा – पदाधिकारीमा को – को बने उम्मेदवार ? (सूचीसहित) – Nepal Press

शेखर कोइरालाको टिम घोषणा – पदाधिकारीमा को – को बने उम्मेदवार ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहमा साझा उम्मेदवारमा सहमति नभएपछि रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहबाट डा. शेखर कोइरालाको टिम मैदानमा उत्रिने भएको छ ।

यद्यपी पौडेलले शेखर र प्रकाशमान कसैको पक्षमा आफूलाई उभ्याएका छैनन् ।

शेखरको टिमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा उम्मेदवार बनेका हुन् ।

यो समूहमा सहमहामन्त्रीका लागि प्रतिस्पर्धा गर्नेहरुको नाम पनि टुंगो लागेको छ ।

सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशी तर्फ रामकृष्ण यादव रहेका छन् ।

यस्तै थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा, मुस्लिमतर्फ शेख वकील र खसआर्थबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।


प्रतिक्रिया

One thought on “शेखर कोइरालाको टिम घोषणा – पदाधिकारीमा को – को बने उम्मेदवार ? (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर