एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा चयन – Nepal Press

एमाले सल्लाहकार परिषदको अध्यक्षमा अमृत बोहोरा चयन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् ।

उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसैपाली बाहरिएका बोहोरालाई सल्लाहकार परिषदको अध्यक्ष बनाइएको हो ।

एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए ।

नेकपा एमालेका पहिलो पुस्ताका नेता बोहोरालाई सल्लाहकारको अध्यक्ष बनाइएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बोहोराले केन्द्रीय कमिटी बैठकमै सपथग्रहण समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर