नेविसंघका पूर्वअध्यक्ष शर्मा लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार – Nepal Press

नेविसंघका पूर्वअध्यक्ष शर्मा लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष महेन्द्रकुमार शर्मा लुम्बिनी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेसको पूर्व आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका शर्माले ‘मेक डेमोक्रेसी फर अल’ नामक अभियान सञ्चालन गर्दै आएका छन् । लोकतन्त्रलाई परिष्कृत र सबैको पहुँचयोग्य बनाउन जरुरी रहेको बताउने नेता शर्माले कांग्रेसलाई गतिशील, वैचारिक र संगठित बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।

‘विगतमा नेविसंघको सफल महाधिवेशन गराएको हुँ । आमन्त्रित केन्द्रीय सदस्य भएरपनि योगदान गरेको हुँ । यसपटक केन्द्रीय समितिमा पुगेर कांग्रेसको मूल राजनीतिक चरित्रलाई संस्थागत गर्ने काममा योगदान गर्न चाहन्छु’, शर्माले भने ।

लुम्बिनी प्रदेशमा कांग्रेसको संगठनलाई अझ मजबुत र भरोसायोग्य बनाउन आफूले प्रदेशतर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर