माधव नेपालको आरोप– केपी ओली राजतन्त्र फर्काउन चाहन्छन् – Nepal Press

माधव नेपालको आरोप– केपी ओली राजतन्त्र फर्काउन चाहन्छन्

गठबन्धन टुटाउने प्रयास भएको भन्दै नेपाल आक्रोशित

रुपन्देही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भूत जोगाउने कोसिस भइरहेको र त्यसको संरक्षण नेकपा एमाले तथा केपी ओली समूहले गरेको आरोप लगाएका छन् ।

समाजवादी प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने– भूतको संरक्षण सुरु भएको छ, सलबलाउन र सहकार्य गर्ने भनेर वाणीहरु आइरहेको छन्, केही गतिविधि सुरु भएका छन्, यसले अग्रगामी शक्तिहरुलाई थप बलियो बनाउँछ ।

एमाले, राप्रपा र पूर्वराजाप्रति आक्रोशित बनेका नेता नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई भने– किन बरबराएको ? चुपचाप बस्ने, नभए राप्रपामा आएर राजनीति गर्ने कि नयाँ दल खोल्ने ।

इतिहासमा हराएका शक्तिलाई खोजीखोजी ल्याउने प्रयत्न नगर्न राप्रपा र एमालेलाई आग्रह गर्दै उनले आन्दोलनबाट प्राप्ति उपलब्धीलाई असफल पार्न कसैले नसक्ने बताए ।

त्यस्तै उनले राष्ट्रियसभा चुनावमा गठबन्धन मिलेर उम्मदवारी तयार गर्ने समेत बताए । कतिपयले गठबन्ध टुटाउने प्रयाससमेत गरेको बताउँदै गठबन्धन नटुट्ने उनको भनाइ छ ।

नेता नेपालले भने – ‘केपी ओलीविरुद्धको गठबन्धन एउटा मोर्चा हो, यो मोर्चा टुटाउन केही व्यक्ति लागेका पनि छन्, विषबमन पनि गरेको सुन्छौं गठबन्धनका विषयमा तर ख्याल रहोस् आगामी सबै तहका निर्वाचनमा ढुक्कसँग गठबन्धन कायम रहन्छ, एमालेलाई खोज्ने बनाउँछौं ।’


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको आरोप– केपी ओली राजतन्त्र फर्काउन चाहन्छन्

  1. जसले प्रधानमन्त्री हुन राजा को पाउ मा दाम चढायो उसैको यत्रो फुर्ति ?

  2. यो मान्छेले आज औषधी खान बिर्सेछ ! दिमागी रोगी बरबराउदै छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर