भूपेन्द्र हत्याका आरोपितमध्ये ९ जना पुर्पक्षको लागि थुनामा, ३ जना धरौटीमा रिहा – Nepal Press

भूपेन्द्र हत्याका आरोपितमध्ये ९ जना पुर्पक्षको लागि थुनामा, ३ जना धरौटीमा रिहा

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनामध्ये ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् । ३ जना धरौटीमा रिहा भएका छन् ।

गत कात्तिक २७ गते टीकापुरमा हत्या गरेको आरोपमा पक्राउ परेका मध्ये लम्की चुहा नगरपालिका-३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, लम्की चुहा–१ का कपिल श्रेष्ठ, निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का प्रवीण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने रोहित आले र टीकपुरकै सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

त्यस्तै लम्की चुहा नगरपालिका–५ का विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने सविनजंग शाही भने धरौटी बुझाएर रिहा भएको अधिकारीको भनाइ छ । अदालतले खड्कासँग ७५ हजार तथा कुँवर र शाहीसँग समान १ लाख ५० धरौटी तोकेको थियो ।

अझै ९ जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर