पौडेल समूहको बैठक सकियो : जुटेन सहमति – Nepal Press

पौडेल समूहको बैठक सकियो : जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिकाे साझा उम्मेदवार चयन गर्न बसेको संस्थापनइतर समूहको बैठकमा नेताहरु सहमति जुटाउन असफल भएका छन् ।

समूहबाट साझा उम्मेदवार तय गर्न अनुपम फुडल्याण्डमा बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।

यस्तै बैठकबाट बाहिरिने क्रममा महामन्त्री डा. शशांक कोइरालाले प्रयास जारी रहेपनि अहिलेसम्म सहमति जुट्न नसकेको बताए ।

संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै सभापतिका एक्ला दावेदार देखिएपनि इतर पक्षबाट धेरै आकांक्षी छन् ।

नेता कार्यकर्ताहरुले देउवासँग प्रतिस्पर्धा गर्न एकजना मात्रै सभापतिका लागि अगाडी बढ्नुपर्ने दबाव दिइरहेका बेला नेताहरु निरन्तर छलफलमा रहनेपनि सहमति जुट्न नसकेको हो ।

इतर समूहबाट अहिले वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइरालाले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर