स्थानीय तहको निर्वाचन एकै पटक हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया – Nepal Press

स्थानीय तहको निर्वाचन एकै पटक हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

संखुवासभा । स्थानीय तहको आगामी निर्वाचन एकै पटक हुने प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाले बताएका छन् ।

गृह जिल्ला संखुवासभामा प्रमुख आयुक्त थपलियाले अघिल्लो स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको भए पनि यस पटक देशैभर एकै चरणमा गरिने उनले बताए ।

आगामी वैशाख भित्रै स्थानीय तहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको उनले बताए । राज्यको खर्च कम गराउन देशैभर एकै र एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिरहेको उनले बताए ।

राजनीतिक अनुकूलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताए ।

संखुवासभा जिल्लामा हाल सञ्चालन भइरहेको मतदाता नामावली संकलन र व्यवस्थापनका विषयमा छलफल गर्न खाँदवारी आज आइपुगेका थपलियाले आयुक्त थपलियाले पत्रकारसँग कुराकानी गदै स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र दुई महिना अगाडी निर्वाचन गराउने कानुनी बाल्यावस्था भएकाले २०७९ वैशाख महिनासम्म निर्वाचन गराउने उनले बताए ।

निर्वाचन आयोगले राजनीतिक अनुकूलता, प्रशासनिक बन्दोबस्त हेरेर आयोगको तर्फबाट हुने खर्चलाई मध्यनजर गरेर एकै पटक निर्वाचन गराउन लागिएको आयुक्त थपलियाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर