महाधिवेशनबाट फर्केर निर्वाचनको तयारीमा लाग्न सुनिल थापाको आग्रह – Nepal Press

महाधिवेशनबाट फर्केर निर्वाचनको तयारीमा लाग्न सुनिल थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

पार्टीको १४ औं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै थापाले संवैधानिक र संसदीय मूल्य मान्यतालाइ स्थापित गराउन कांग्रेसको नेतृत्व आवश्यक रहेकाले बहुमतको आवश्यकता रहेको उनले बताए ।

उनले भने — यो महाधिवेशनपछि हामी लगत्तै तीनै तहको निर्वाचनमा जाँदै छौ । अबका तीनै तहका निर्वाचनहरुमा नेपाली कांग्रेसलाई सुविधाजनक बहुमतमा स्थापित गराउनु हामी सबैको मुख्य अभिभारा हो । संवैधानिक र संसदीय मूल्य र मान्यतालाई स्थापित गराउदै देशको विकास र समृद्धिका लागि नेपाली कांग्रेसको नेतृत्व मुलुकलाई अती आवश्यक छ । त्यसैले काठमाडौंबाट फर्के लगत्तै आफ्नो वडा, गाउँ, क्षेत्र र जिल्लामा हामी अत्यन्तै सक्रिय रुपमा निर्वाचनको तयारीमा लाग्नु पर्ने देखिन्छ ।

उनले देशमा दिगो शान्ति र समृद्धि कांग्रेसले मात्रै गर्न सक्ने भएकाले आफूहरु पनि पार्टी प्रवेश गरेको बताए ।

तत्कालिन समयमा शेरबहादुर देउवा र स्व. शुशील कोइराला नेतृत्वको सरकार हुँदा आफूले पाएको जिम्मेवारी आफूले सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले कांग्रेसका अग्रजहरुबाट नै प्रजातान्त्रिक बाटोमा लाग्न थप प्रेरणा मिलेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर