अभिनेत्री उपासना एजुकेसन एन्ड माइग्रेसन कर्नरको दूतमा नियुक्त – Nepal Press

अभिनेत्री उपासना एजुकेसन एन्ड माइग्रेसन कर्नरको दूतमा नियुक्त

काठमाडौं । शैक्षिक परामर्शदात्री संस्था एजुकेशन एण्ड माइग्रेसन कर्नरको दूतमा अभिनेत्री उपासनासिंह ठकुरी नियुक्त भएकी छन । युवा पुस्तामा रुचाइएकी यी अभिनेत्रीलाई उक्त संस्थाले दोस्रो वर्षको लागि नियुक्त गरेको हो । यसअघि पनि संस्थाले ठकुरीलाई दूतमा नियुक्त गरेको थियो ।

काठमाण्डौमा आयोजित कार्यक्रममा व्यवस्थापक नवराज प्रसाईले उपासनाले गरेको सकारात्मक कार्यले उनलाई पुनः दूतमा नियुक्त गरिएको बताए । पत्रकार सम्मेलनमा सस्थाका ब्यबस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एण्ड माइग्रेसन कर्नरलाई अभिनेत्री ठकुरीको आबद्दताले उचाई प्रदान गरेकोमा प्रसन्नता ब्यक्त गरे ।

उपासनाले आफूलाई बिश्वास गरेर सस्थाले पुनः ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेकोमा खुशी ब्यक्त गरिन् । ‘संस्थाले म माथि गरेको बिश्वासलाई डगमडाउन दिन्न’ उनले भनिन् । बिभिन्न देशमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने बिध्यार्थीहरूका लागि एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई छान्न उनले आग्रह समेत गरेकी छन ।

यसैबीच सस्थाले विद्यार्थीका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । जानकारी दिइए अनुसार पौष ७ मा काठमाण्डौ, पौष ९ पोखरा, पौष ११ इटहरी ,पौष १२ दमक, पौष १३ बिर्तामोड, पौष २३ हेटौंडा, पौष २४ मा चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर