एनआरएनए चुनाब : नेता भेट्दै अध्यक्षका उम्मेदबार, रविनाले भेटिन् सिटौला – Nepal Press

एनआरएनए चुनाब : नेता भेट्दै अध्यक्षका उम्मेदबार, रविनाले भेटिन् सिटौला

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी माहौल सुरु भएको छ । अध्यक्ष पदमा अहिलेसम्म बद्री केसी, कूल आचार्य र रविना थापाले उम्मेदबारी घोषणा गरेका छन् ।

राष्ट्रिय राजनीतिको प्रभाव एनआरएनएको आसन्न चुनाबमा पनि देखिएको छ । सोहीअनुसार अध्यक्षका उम्मेदबारहरुले आफ्नो प्यानललाई बलियो तुल्याउन दलका नेताहरुसँग भेटघाटलाई तीव्र तुल्याएका छन् ।

आचार्य र थापालाई कांग्रेस निकट उम्मेदबारको रुपमा चर्चा गरिएको छ । कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिले अहिलेसम्म कुनै पनि उम्मेदबारलाई खुलेर समर्थन गरेको छैन ।

सोही कारण दुबै उम्मेदबारले आफ्नो पक्षमा पार्टीको समर्थन जुटाउन निकट नेताहरुसँगको भेटघाटलाई तीव्र तुल्याएका छन् । आचार्यले पनि कांग्रेस निकट नेता, मन्त्री र कर्मचारीलाई भेटेको खबर बाहिरिएको थियो भने यसैसाता थापाले पनि कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई भेटेकी छिन् ।

कांग्रेस महाधिवेशनको सन्दर्भममा यसैसाता प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र नेता सिटौलाबीच भेटघाट भएको थियो र सो अवसरमा एनआरएनएको विषयमा समेत छलफल भएको बताइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर