घोषणापत्र मस्यौदा समितिप्रति असहमति जनाउँदै बार कोषाध्यक्षसहितले गरे कार्यक्रम बहिष्कार – Nepal Press

घोषणापत्र मस्यौदा समितिप्रति असहमति जनाउँदै बार कोषाध्यक्षसहितले गरे कार्यक्रम बहिष्कार

काठमाडौं । नेपाल बार एशोसियसनको मानवअधिकार तथा जनसरोकार समितिको मानव अधिकार घोषणापत्र जारी गर्ने कार्यक्रमबाट कोषाध्यक्ष रुद्र पोखरेलसहितका कार्य समितिका सदस्यहरू बाहिरिएका छन् ।

सहमतिवपरीत एकपक्षीय विचारको प्रतिनिधित्व गराउँदै घोषणापत्र मस्यौदा समिति गठन गरिएपछि त्यसमा असहमति जनाउँदै एमालेनिकट पीपीएलएबाट निर्वाचित कोषाध्यक्ष पोखरेल र माओवादीनिकट बालकृष्ण गैरेसहितले बहिष्कार गरेका हुन् ।

उच्च अदालत बार पाटनका अध्यक्ष रामचन्द्र सिम्खडाको संयोजकत्वमा गठित मस्यौदा समितिप्रति उनीहरुले असहमति जनाएका छन् । अदालतमा हड्ताल गरिरहेका बारका पूर्व अध्यक्षहरुले विहीबार नै मस्यौदा गरेको घोषणापत्र आज साँझ जारी हुन लागेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *