फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा – Nepal Press

फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-० गोलको नतिजामा पराजित गर्दै मनाङ मर्स्याङदी केलब शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एकरएक गोल गरे ।

मनाङ चार खेलमा १० अंकसहित शीर्ष स्थानमा फर्किँदा तीन खेलमा सातरसात अंक बटुलेका सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब क्रमशस् दोस्रो र तेस्रो स्थानमा छन् । चार खेलमा मात्र २ अंक जोडेको फ्रेन्डस भने १०औं स्थानमा छ ।

शुक्रबार भएको खेलको ४०औं मिनेतमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलसँगै मनाङले अग्रता लिएको थियो । ७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई दिनेशले हेडरमार्फत जाली चुमाउँदै मनाङको अग्रता दोब्बर पारेका थिए ।

यसअघि २१औं मिनेटमा अञ्जनको पासमा स्ट्राइकर एडेलाजा सोमिडेले सेकेण्ड बारमा प्रहार गरेको बल पोस्ट भन्दा केही माथिबाट बाहिरिदाँ मनाङले अग्रताको अवसर गुमएको थियो ।

मनाङका आफिजले ३९औं मिनेटमा गरेको प्रहार गोलकिपर राहुल यादवले विफल पार्दै फ्रेन्डसको संकटा टारेका थिए ।

चौथो चरणसम्म आइपुग्दा फ्रेन्डसको जारी लिगमा जितविहिन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर