नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पुवुदुलाई फर्काउने तयारी – Nepal Press

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पुवुदुलाई फर्काउने तयारी

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकन पुवुदु दसानायके नियुक्त हुने लगभग निश्चित भएको छ । पूर्व प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएसँगै रिक्त रहेको पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दरखास्त आह्वान गरेको थियो ।

जसका लागि आवेदन दिएका प्रशिक्षकहरूमध्ये पारिश्रमिक र नेपाली क्रिकेटसँग ‘फ्यामिलियर’ भएकाले पुवुदुको नियुक्ती करिब निश्चित भएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

‘आज बेलुकासम्म निश्चित हुन्छ होला, हामीले सबै (सर्ट लिस्टमा परेका पाँच) प्रशिक्षकहरूसँग कुरा गरेका छौं,’ उनले नेपाल प्रेससँग भने, ‘पारिश्रमिक न्युन र नेपाली क्रिकेटलाई पहिल्यै बुझिसकेको प्रशिक्षक भएकाले पुवुदुको सम्भावना बढी छ ।’

पुवुदुले यसअघि २०११ मा पनि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । दशैंअघि भएको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडिएटर्सको मुख्य प्रशिक्षक रहेका पुवुदु नेपाली क्रिकेटसँग अहिले पनि उत्तिकै परिचित छन् ।

तस्बिर: पुवुदुको फेसबुकबाट ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *