सहमति जुट्न नसकेपछि रामचन्द्रले भनेः बरु मलाई राजनीतिबाटै विदा गर्नुस् – Nepal Press

सहमति जुट्न नसकेपछि रामचन्द्रले भनेः बरु मलाई राजनीतिबाटै विदा गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर पक्षको बैठकले सभापतिका लागि साझा उम्मेदवार आज पनि छान्न सकेन । बैठकमा नेताहरुबीच सहमतिको सम्भावना नदेखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले रोष प्रकट गरेका छन् ।

बैठकपछि नेता डा. रामशरण महतले दिएको जानकारी अनुसार नेता पौडलले यदि सहमतिमा नआउने हो भने आफूलाई राजनीतिबाटै विदा गर्न भनेका थिए ।

पौडललाई उद्वृत गर्दै महतले भने, ‘म सहमतिका लागि बाधा हुन्न । तर तपाईंहरु सहमतिमा आउन नचाहने र जसरी पनि चुनाव लड्ने नै हो भने मलाई राजनीतिबाटै विदा गर्नुस् ।’

आज पनि साझा उम्मेदवार छान्न नसकेपछि भोली फेरि संस्थापन इतर समूहको बैठक अनुपम फुडल्याण्डमा बस्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर