हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष रावतसहित १३ जनाको मृत्यु (भिडिओ) – Nepal Press

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष रावतसहित १३ जनाको मृत्यु (भिडिओ)

नयाँ दिल्ली । हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष विपनि रावतसहित हेलिकप्टरमा सवार सबै १३ जनाको मृत्यु भएको छ। भारतीय वायु सेनाले रावत, उनकी श्रीमती मधुलिका रावतसहित १३ जनाको मृत्यु भएको जनाएको छ।

मंगलबार भारतीय राज्य तमुलनाडुमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परि अधिकांशको शव चलेर चिन्न नसकिने अवस्थामा रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका थिए। राउवसहित केहीलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो।

हेलिकप्टर दुर्घटनाप्रति भारतीय रक्षा मन्त्री राजनाथ सिंह लगायतका नेताहरुले गहिरो दुःख प्रकट गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान गर्न आदेश समेत दिइएको छ। दुर्घटनाबारे भारतीय रक्षा मन्त्रीले संसदलाई समेत जानकारी गराउने बताइएको छ।

रावत यसअघि पनि हेलिकप्टर दुर्घटनामा परेर बाँचेका थिए। यसअघि भारतीय स्थल सेनाध्याक्ष रहेका उनलाई सन् २०२०मा भारतमा नयाँ प्रयोगका रुपमा रक्षाध्यक्ष (चिफ अफ डिफेन्स स्टाफ) बनाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर