अछाम पुगेर भीम रावलले भने- कोही निराश नहुनू, राजनीतिमा अनेक घुम्तीहरू आउँछन् – Nepal Press

अछाम पुगेर भीम रावलले भने- कोही निराश नहुनू, राजनीतिमा अनेक घुम्तीहरू आउँछन्

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले गृहजिल्ला अछाम पुगेर आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।

‘हाम्रा तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भने, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन् । उच्च मनोवल राख्नुहोस् । समाज र देशका लागि हामीले यी पाइला चालेका हौं भनेर अठोटका साथ अघि बढ्नुहोस् । मेरो साथ तपाईंहरूलाई छ।’

रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको बताए। उनले भने, ‘मैले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको हो । जितिनँ । त्यसमा मन खुम्च्याउनुपर्ने कुनै कारण छैन ।’

चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिकरूपमा भने आफूले जितेको उनको भनाइ छ । ‘मैले नैतिकरुपमा हारेँ भन्ने मेरो मनमा छैन,’ रावलले भने, ‘मैले झण्डा बिसाएर कसैको लट्ठी समाएर हिँडेको छैन ।’

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि अस्वीकार गरेको रावलले बताए ।


प्रतिक्रिया

2 thoughts on “अछाम पुगेर भीम रावलले भने- कोही निराश नहुनू, राजनीतिमा अनेक घुम्तीहरू आउँछन्

  1. अछामि जनता नभइ सबैको मनमा बस्न सफल नेता डा.भिम रावल !! जिन्दावाद ✊🇳🇵

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर