२ कार्यकाल ओखलढुंगा कांग्रेस हाँकेका सुनुवार केन्द्रीय सदस्यको उम्मेदवार – Nepal Press

२ कार्यकाल ओखलढुंगा कांग्रेस हाँकेका सुनुवार केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । दुई कार्यकालसम्म ओखलढुंगा कांग्रेसको सभापति रहेका प्रदीपकुमार सुनुवारले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

शुक्रबारदेखि काठमाडौंमा सुरु हुने कांग्रेसको १४ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने सुनुवारले बताएका छन् । लामो समय जिल्लामा संगठन गरेको अनुभवका आधारमा आफू केन्द्रीय सदस्यको उम्मेदवार बनेको सुनुवारले बताए ।

‘मैले लामो समय ओखलढुंगा कांग्रेसलाई नेतृत्व दिए । २०४१ सालमा नेविसंघमा लागेदेखि आजसम्म ठूलो पदको आकांक्षा पनि गरिन । अब जिल्लाको राजनीतिबाट माथि उठ्न चाहेको छु । केन्द्रीय सदस्यको स्वभाविक उम्मेदवार हुँ’, सुनुवारले भने ।

कांग्रेस राजनीतिमा सक्रिय रहँदा द्वन्द्वपीडित समेत भएका सनुुवारले २०५३ सालदेखि नै कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका छन् । २०५४ सालमा तत्कालीन खिजीफलाटे गाविसको अध्यक्षमा निर्वाचित भएका सुनुवार २०५९ सालमा तरुण दलको सगरमाथा अञ्चल संयोजक बनेका थिए ।

कांग्रेस केन्द्रीय समितिमा पुगेर आफूले अल्पसंख्यक समुदायको हकहितका लागि योगदान गर्ने उनी बताउँछन् । ‘कांग्रेसको केन्द्रीय सदस्यका रुपमा राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा सक्रिय रहन चाहन्छु । अझ विशेष गरेर अल्पसंख्यक र सीमान्तकृत समुदायको लागि काम गर्ने ईच्छा छ’, सनुवारले भने ।

उनी १२ औं र १३ औं महाधिवेशनमा ओखलढुंगा कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए ।

यस्तो छ सुनुवारको राजनीतिक यात्रा–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर