च्याम्पियन्स लिग- समूह चरणमा लिभरपुल र आयाक्सको शतप्रतिशत जित, पीएसजीको जितमा एम्बाप्पेको कीर्तिमान – Nepal Press

च्याम्पियन्स लिग- समूह चरणमा लिभरपुल र आयाक्सको शतप्रतिशत जित, पीएसजीको जितमा एम्बाप्पेको कीर्तिमान

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले इटलीको इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सानसिरोमा जित दिलाउँन मोहम्मद सलाह र डिमोक ओरिजीले १-१ गोल गर्दा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले सान्त्वना गोल गरे ।

हारपछि मिलानले प्रि-क्वाटरफाइनलमा पुग्ने अवसर गुमायो । समूह बी बाट लिभरपुलसँगै स्पेनको एट्लेटिको मड्रिड पनि नकआउट चरणमा पुगेको छ । पोर्चुगलको पोर्टोमाथि तनावपूर्ण खेलमा ३-१ को निर्णायक जित निकाल्दै एट्लेटिकोको अन्तिम १६ मा स्थान बनाएको हो । तीन रातो कार्ड देखाइएको सो खेलमा दोस्रो हफको मध्यतिर दुवै टोली १० खेलाडीमा समेटिएका थिए ।

समूह ए अन्तर्गत जर्मनीको आरबी लाइपजिगसँग पराजित भए पनि म्यानचेस्टर सिटी समूह विजेताका रुपमा नकआउटमा पुग्यो । केलियन एम्बाप्पे र लियोनल मेस्सीले २/२ गोल गर्दा क्लब वर्गमाथि जित हासिल गरी फ्रान्सेली टोली पीएसजीले समूह उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश पायो । यो खेलको दुई गोलसँगै एम्बाप्पे च्याम्पियन्स लिगमा ३० भन्दा बढी गोल गर्ने कान्छो खेलाडी बनेका छन् ।

समूह सीबाट नेदरल्याण्ड्सको आयाक्सले पनि समूह चरणमा शतप्रतिशत जित हासिल गर्ने क्रममा पोर्चुगलको स्पोर्टिङ लिस्वनलाई हरायो । हारे पनि लिस्वन समूह उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । यो समूहबाट जर्मनीको बोरुसिया डर्टमण्ड र टर्कीको बेसिक्टासले समूह चरण पार गर्न सकेनन् ।

समूह डी बाट स्पेनको रियल मड्रिड र इटलीको इन्टर मिलानले नकआउट चरणमा प्रवेश पाएका छन् । गएराति रियलले इन्टरमाथि जित हासिल गरेको थियो । रियल समूह विजेता र हारका बाबजुद इन्टर उपविजेता बनेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *