सहमतिमै नाडाको नेतृत्व टुंग्याउने प्रयास भइरहेको छ : अध्यक्षका प्रत्यासी चौधरी (भिडिओ) – Nepal Press

सहमतिमै नाडाको नेतृत्व टुंग्याउने प्रयास भइरहेको छ : अध्यक्षका प्रत्यासी चौधरी (भिडिओ)

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) नयाँ नेतृत्व छनोटका लागि चुनावको तयारीमा रहेको छ । नाडाको ४५ औँ साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन मंसिर २२ र २३ गते हुँदैछ ।

अध्यक्षमा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीपनि दौडमा रहेका छन् ।

सुजुकी नेपालको आधिकारिक विक्रेता तथा चौधरी गु्रपअन्तर्गतको सीजी मोटोकर्पका कार्यकारी निर्देशक करणसँग आज हामीले नाडाको निर्वाचनका लागि भइरहेको तयारी, कार्ययोजना र नेपालमा नेपालमा गाडी एसेम्बल गर्न देखा परेका चुनौती लगायतका विषयमा कुराकानी गरेका छौँ ।

प्रस्तुत छ नेपालप्रेसका राजाराम न्यौपानेले चौधरीसँग गरेको कुराकानी

नाडाको चुनावको तयारी कसरी गरिरहनु भएको छ ?

साच्चै भन्ने हो भने मेरो चुनावको लागि तयारी पुगेको छैन । म अझै पनि सर्वसम्म हुन्छु भन्ने विश्वासमा छु । मेरो तयारी अलि अपुरो नै छ ।

सहमतिमा नेतृत्व चयनका लागि अध्यक्षका अर्का प्रत्यासी सकारात्मक देख्नुहुन्छ ? छलफल भएको छ ?

अर्काे समूहले पनि सहमतिमा नै अगाडि बढ्न छलफल गरिरहेका छन् । केही विषय नै कसरी मिलाउने भन्ने छलफल भइरहेको छ । त्यी कुराहरु मिल्यो भने सर्वसम्मति नै हुन्छ ।

सर्वसम्मतिका आधार के हुन, कसरी जुट्न सक्छ सहमति  ?

मैले उम्मेदवारी दिँदा नै सबै पदाधिकारी तोकेको छैन । चुनाव भयो भने पनि पहिले चुनाव जितौं । हाम्रो टिम कार्यसमितिमा आएपछि मात्रै छलफल गरेर टुङ्गाउने तयारी छ ।

आजको विषय भनेको नै टिमलाई कसरी समेटेर जाने भन्ने नै हो । मैले वा मेरो प्रतिस्पर्धीले अध्यक्ष पद छाड्ने भन्दा पनि कसरी मिलाउने भन्ने हो ।

हाल तपाईं नाडाको उपाध्यक्ष हुनुहुन्छ ? तर अहिलेको कार्यसमितिले साना व्यवसायीहरुलाई समेत सकेन भन्ने आरोप पनि छ नि ?

हामीले काम गर्न नसकेको भए ९ सयबाट ३१ सय भोटर कसरी हुन्थ्यो होला ? हामीले नाडालाई प्रदेशमा पनि विस्तार गरेका छौँ । साना व्यवसायीलाई नजोडेको भए कसरी ७ वटा प्रदेशमा नाडा विस्तार हुन्थ्यो ।

नाडामा साना व्यवसायीको अहिले धेरै नै सहभागी रहेको छ । नाडाको इतिहासमा धेरै सदस्य भएका छन् ।

नेपालमा चार पांग्रे सवारीसाधन किन्नेहरु बढिरहेका छन् । यसलाई नेपालीहरुको आर्थिक अवस्थामा सुधार हुँदै गएको मान्न सकिन्छ ?

अहिलेको समयम कोरोनाको कारणले सर्वजनिक यातायात चढ्न डर भएर नै चारपांग्रे सवारी किनेका हुन । कोरोनाको समय भन्दा पहिले हेर्ने हो भने पनि गाडी किन्नेको संख्या वृद्धि हुँदै गएको थियो ।

मान्छेले आफ्नो व्यवसायमा सफल भएपछि गाडी किन्ने हो । अन्य व्यवसायहरुबाट फाइदा हुँदै गएपछि वा आफ्नो कमाइ वृद्धि भएपछि मान्छेले गाडी किन्ने हो । पछिल्लो समय त्यस्तै भएको हो ।

आर्थिक रुपमा आफ्नो जीवन माथि उठ्दै गएपछि गाडी किन्ने हो ।

सबैभन्दा बढी कस्ता सवारीसाधनमा नेपालीहरुको आकर्षण पाउनुभएको छ ?

आज भन्दा ५ वर्ष पहिले सेग्मेन्ट अनुसारको गाडीमा आकर्षण थियो । आजको दिनमा गाडी भनेको बे्रजा, जिप सी र एस क्रस गाडीमा आकर्षण रहेको छ ।

आज नेपालको आटोको क्षेत्रमा ६७ प्रतिशत युटिलिटी भेइकलको बजार रहेको छ ।

नेपालमा विद्युतीय सवारीसाधनमा किन आकर्षण नुदेखिनुको कारण होला ?

आज नेपालमा जति पनि विद्युतीय गाडी बिक्री भइरहेको छ, त्यो अर्काे गाडीको हुँदाहुँदै किनिरहेका छौं । घरमा अर्काे गाडी भइरहेको बेला जगेडाको लागि विद्युतीय गाडी किनिरहेका छन् ।

विश्वमा सबै भन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने देश नर्बेमा ३८ प्रतिशत विद्युतीय गाडी बिक्री भएको छ । त्यहाँ विद्युतीय गाडी किन्न सरकारले पैसा दिन्छ, विद्युत फ्रि छ, विद्युत प्रयोग गरे वापत सरकारले पैसा पनि दिन्छ । त्यस्तो देशमा ३८ प्रतिशत मात्रै विद्युतीय गाडी बिक्री भएको छ ।

सरकारले केही नदिएको अवस्थापमा पनि ६.७ प्रतिशत गाडी बिक्री भएको छ । कर मात्रै सस्तो मात्रै भएको आधारमा नै नेपालमा ६.७ प्रतिशत विद्युतीय गाडी बिक्री हुनु भनेको राम्रो हो ।

नेपालमा गाडी उत्पादन वा एसेम्बल गर्न के—के कठिनाइ छन् ?

नीति गत निर्णय नै पहिले गर्नुपर्छ । नेपालमा गाडी उत्पादन वा एसेम्बल गर्न कानुन निर्माण गर्नुपर्छ ।

गाडी एसेम्बल भनेको के हो भन्ने परिभाषा प्रष्ट हुनुपर्छ । कति पार्टमा आउनु पर्छ, कुन पार्टको कति भन्सार शुल्क लाग्ने हो । गाडी एसेम्बल गर्नका लागि प्रष्ट नीति हुनु आवश्यक रहेको छ ।

सरकारसँग नाडाको अपेक्षा र मागहरु के छन् ?

सबैभन्दा ठूलो माग भनेको अटोको व्यवसायलाई स्वच्छ हिसाबले हेर्नुपछ । सरकारले अटो व्यवसायलाई राम्रो गर्ने हो भने यो व्यवसायलाई हेर्ने नजर नै परिवर्तन हुन्छ ।

सबैभन्दा पहिले सरकारले नाडालाई सकारात्मक दृष्टिबाट हेर्नुपर्छ । सरकारले राम्रो नगरले हेर्न साथ सानादेखि ठूला ओटो व्यवसाय विस्तारै राम्रो हुँदै जान्छ ।

अहिलेसम्म गाडी एसेम्बलको लागि प्रष्ट कानुन नभएको कारण नै गाडी एसेम्बल गर्ने कार्य अगाडि बढ्न नसकेको हो ।

सडक विस्तार र सडम सुरक्षाको कुरामा पनि सरकारले ध्यान दिनु आवश्यक रहेको छ । गाडीहरु वृद्धि हँदै जादा सडक पनि त्यही अनुसार बढ्न आवश्यक रहेको छ ।

सवारीसाधनमा फाइनान्सिङको अवस्था के छ ? बैंकहरुले कतिको सहयोग गरेका छन् ?

यहाँ बैंकभन्दा पनि नेपाल राष्ट्र बैंकबाट नै अटोलाई प्रत्सान गर्ने भनेर आउन पर्ने थियो । तर त्यसरी आएको छैन् ।

पहिले १० प्रतिशत लिएर पनि गाडी डाउनपेमेन्ट गरेर पनि हामीले गाडी बिक्री गरेका थियौं । आज ५० हुँदा पनि के पुग्यो कि पुगेन भनेर हेर्ने गरेका छौं ।

सरकारले पार्टस आयात गर्दा पनि भन्सार लगायतका कुरामा सरकारले सहयोग गर्नु पर्छ ।

गाडी किन्दा के के कुरामा ध्यान दिन सुझाव दिनुहुन्छ ?

सबै भन्दा पहिले ग्राहकले गाडी किन्दा आफ्नो रुचि र सेफ्टी हेर्नुपर्छ । राम्रो गाडी भयो भने सदाको लागि राम्रो हुन्छ । गाडीको लुक्स भन्दा पनि सेफ्टी हुर्नुपर्छ । दुर्घटना हुँदा सेफ्टीले नै सेभ राख्ने हो ।

आफ्नो बजेट अनुसारको गाडी खोज्नु पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर