शशांकले सभापतिको दावी छाडे, रामचन्द्रलाई साझा उम्मेदवार बनाउन प्रस्ताव – Nepal Press

शशांकले सभापतिको दावी छाडे, रामचन्द्रलाई साझा उम्मेदवार बनाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा शेरवहादुर देउवालाई परास्त गर्न शशांक कोइरालाले सभापतिको दावी छाडेका छन् ।

गणेशमान भवन चाक्सीबारीमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई समर्थन जनाएका हुन् ।

बैठकमा कोइरालाले भने – रामचन्द्रजी सिनियर पनि हो । मलाई उहाँले एकपटक सहयोग गर्नुस भन्नुभएको छ । उहाँकै नेतृत्वमा चुनावमा जानू उपयुक्त हुन्छ ।

कांग्रेस सभापतिका लागि सो समूहबाट पौडेलसहित सशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहको दावी छ । साझा उम्मेदवार बनाउन कार्यकर्ताले दबाब दिइरहेका छन् ।

अहिले चाक्सीबारीमा कार्यकर्ताहरु साझा उम्मेदवारकाे नाम पर्खिरहेका छन् ।

अहिले नेताहरुकाे छलफल सकिएकाे छ । अर्काे बैठक भाेली बिहान ९ बजे बस्ने भएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर