एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरको जर्मन पार्टी प्यालेसमा बस्ने – Nepal Press

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरको जर्मन पार्टी प्यालेसमा बस्ने

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ। यसअघि एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्दै आएको थियो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यको संख्या बढेकाले पार्टी प्यालेस रोजेको बताए। यसअघि २ सयको हाराहारीमा एमाले केन्द्रीय कमिटी थियो । तर, १० औं महाधिवेशनबाट ३ सय १ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको छ।

तामाङका अनुसार यही मंसिर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एजेन्डा बैठकको छ । त्यस्तै जिल्ला र प्रदेश अधिवेशन पनि गर्न बाँकी रहेकाले त्यसको समय सीमा पनि बैठकले निर्धारण गर्ने छ ।

त्यस्तै नेताहरुको कार्य विभाजन पनि बैठकको एजेन्डा छ । तामाङले स्थायी कमिटीलाई यसैपाली पूर्णता दिए पनि पोलिटब्युरो भने नियुक्तिका लागि केही बाँकी राखेर गठन गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर