थप परीक्षणका लागि सुदूरपश्चिमका १३ कोरोना संक्रमितको स्वाब टेकु प्रयोगशालामा – Nepal Press

थप परीक्षणका लागि सुदूरपश्चिमका १३ कोरोना संक्रमितको स्वाब टेकु प्रयोगशालामा

कैलाली । सुदूरपश्चिम प्रदेशबाट १३ जना कोरोना सङ्क्रमितको स्वाब काठमाडौँ पठाइएको छ ।

भारतबाट आएका तीन जना सङ्क्रमित तथा सेती अस्पतालमा कोरोना पुष्टि भएका दश जनाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए ।

अफ्रिकी मुलुकबाट सुरु भएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखिएको छ । सुदूरपश्चिममा नयाँ भेरियन्टको संक्रमण सुरु भए , नभएको पुष्टि गर्न काठमाडौँ पठाइएको उनले जानकारी दिए ।

‘अहिले सम्म यता नयाँ भेरियन्ट देखिएको छैन तर, हामी ढुक्क भएर बस्ने अवस्था छैन’ उनले भने, ‘त्यही भएर हामीले स्वाब काठमाडौँ पठाएका हौँ ।’

यस अघि पनि कोरोना संक्रमण भए÷नभएको पुष्टि प्रदेशमा नै परीक्षण गरी नतिजा आउने भएपनि अहिले नयाँ भेरियन्ट भएकाले स्वाब काठमाडौं पठाइएको हो ।

सोमबार मात्रै स्वस्थ्य मन्त्रालयले नेपालमा दुईजनामा यो भेरिन्टको संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर