एमालेमै बसेका १० नेताप्रति माधवको टिप्पणी- सुतौं निद्रा छैन, उठौं चैन छैन (भिडिओ) – Nepal Press

एमालेमै बसेका १० नेताप्रति माधवको टिप्पणी- सुतौं निद्रा छैन, उठौं चैन छैन (भिडिओ)

इटहरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो साथ छाडेर एमालेमै बसेका नेतालाई  लक्षित गर्दै कटाक्ष गरेका छन् ।

नेकपा एसको दुई दिने प्रदेश १ भेलाको उद्घाटन गर्न आएका नेपालले भने, ‘त्यहा बस्नेहरुलाई सुतौं निन्द्रा छैन, उठौं चैन छैन’ भन्दै कटाक्ष गरेका हुन् ।

नेता नेपालले एमाले विभाजन गर्दा भीम रावल लगायतका नेताहरुले उनलाई साथ दिएका थिएनन् । रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, घनश्याम भुसाल लगायतका नेताहरुले नेपाललाई पार्टी विभाजनमा साथ नदिइ एमालेमा नै बसेका थिए ।

नेपाललाई साथ नदिइ अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरी एमालेमा नै फर्किएका थिए । ओलीसँग सहमति गर्दा एमालेमा नै फर्किएका उनीहरु अहिले भने तितरवितर भइसकेका छन् ।

नेकपा एमालेले जबजलाई नारायणी किनारमा बगाएको आरोप लाउदै नेता नेपालले नेकपा एस क्रान्तिकारी पार्टी भएको बताए । उनले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीकै निरन्तरता र परिवर्तित रूपमा आफ्नो पार्टी आएको दाबी गरे ।


प्रतिक्रिया

2 thoughts on “एमालेमै बसेका १० नेताप्रति माधवको टिप्पणी- सुतौं निद्रा छैन, उठौं चैन छैन (भिडिओ)

  1. महाअधिवेशनमा ओलिकाे हाईहाई देखेर यसकाे चाहिँ निद्रा नै हरान थालेछ । यस्तै हाे भने बहुलाउन बेर छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर