साझा उम्मेदवार तय गर्न पौडेल पक्ष छलफलमा जुट्दै – Nepal Press

साझा उम्मेदवार तय गर्न पौडेल पक्ष छलफलमा जुट्दै

काठमाडौं । साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे तय गरिएको छ ।

चाक्सीबारीमा बस्ने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइरालामध्ये एकजनालाई सभापतिको साझा उम्मेदवार बनाउनेबारे छलफल हुनेछ । बैठकमा संस्थापनइतर समूहका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ ।

यसअघि सोमबार वरिष्ठ नेता पौडेलको निवास बोहराटारमा बसेको चार नेताको बैठकले साझा उम्मेदवार तय गर्न सबैसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

सो समूहका युवा नेताहरूको आज बसेको बैठकले साझा उम्मेदवारका लागि सहमति जुटाउन नेताहरूलाई अवसर दिने अन्यथा केन्द्रीय सदस्य, जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरुको भेलाबाट उम्मेदवार घोषणा गर्ने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर