कांग्रेस केन्द्रीय सदस्यमा नेपालीको उम्मेदवारी घोषणा – Nepal Press

कांग्रेस केन्द्रीय सदस्यमा नेपालीको उम्मेदवारी घोषणा

सुर्खेत । नेपाली कांग्रेसका नेता तथा रुकुम कांग्रेसका पूर्व जिल्ला सभापति मानबहादुर नेपालीले आसन्न १४औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

दलित कोटाबाट उम्मेदवारी दिने उनले बताए । नेता नेपाली नेपाली कांग्रेस भित्र दलित समुदायबाट पहिलो जिल्ला सभापति भएका व्यक्तिसमेत हुन् ।

उनी २०६७ सालदेखि २०७२ माघ २५ गतेसम्म साविक रुकुम जिल्लाको सभापति बनेका थिए । राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष समेत रहेका नेता नेपालीले माओवादीको उद्गम थलो मानिने रुकुममा प्रजातन्त्र जोगाउन अनवरत रुपमा लागि परेको उनले दाबी गरे ।

उनले सस्थापन पक्षबाट उम्मेदवारी दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर