बोहराटार बैठक : ४८ घण्टाभित्र साझा उम्मेदवार टुंग्याउने सहमति – Nepal Press

बोहराटार बैठक : ४८ घण्टाभित्र साझा उम्मेदवार टुंग्याउने सहमति

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले ४८ घण्टाभित्र साझा उम्मेदवार टुंगो लगाउने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका प्रत्याशीहरुको बैठकले २ दिनमा सभापतिको साझा उम्मेदवारबारे निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।

बैठकमा पौडेलसहित महामन्त्री डा।शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सहभागी थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश अधिवेशनको समिक्षा गर्ने, समूहका सबै नेताको राय लिने र साझा उम्मेदवारबारे निर्णय लिने सहमति बनेको छ ।

‘साझा उम्मेदवार तय गर्ने विषयमा केन्द्रीय समितिका अरु साथीहरूको पनि राय लिन्छौं । सबैसँग छलफल गरेर ४८ घण्टा अर्थात् २ दिनमा सभापतिको उम्मेदवार टुंग्याउने कुरा भएको छ,’ ती नेताले भने ।

सभापतिको उम्मेदवारबारे छलफल गर्न मंगलबार संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरूको बैठक चाक्सीबारीमा बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर