युथ एथ्लिट च्याम्पियनशिपमा प्रकाश र राममाया लाई स्वर्ण – Nepal Press

युथ एथ्लिट च्याम्पियनशिपमा प्रकाश र राममाया लाई स्वर्ण

काठमाडौं । जुम्लाका प्रकाश कठायत र राममाया बुढा युथ एथ्लिट च्याम्पियनशिपको यू–२० ३ हजार मिटर दौडमा पहिलो भएका छन् ।

पुरुषतर्फ प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पुरा गदै पहिलो भए । कपिलवस्तुका अजय पाण्डे दोश्रो र ललितपुरका महेश सिजाली तेश्रो भए ।

यू–२० ३ हजार मिटर महिला दौडमा जुम्लाकी राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्ट पुरा गदै स्वर्ण जितिन् । जुम्लाकै वमजना बुढाले रजत र सुर्खेतकी विमला कार्की कास्य जितिन् ।

एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगिताको यू–१६ पुरुष लङजम्पमा ६ मिटर ६८ सेन्टिमिटर फल हान्दै कपिलवस्तुका सुजित थारुले स्वर्ण जिते । कपिलवस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदिप महत्तोले कास्य जितेका छन् ।

महिलातर्फ ४ मिटर २६ सेन्टिमिटर फल हान्दै दाङकी करुणा रिजाल पहिलो, दाङकै शुसिला चौधरी दोश्रो र नुवाकोटकी धनु राई तेश्रो भईन् ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको यू–२० पुरुष लगजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फलहान्दै बर्दियाका रामलखन थारु पहिलो, नवलपरासीका सलिन देवाङ दोश्रो र बर्दियाका रोशन थारु तेश्रो भएका छन् ।

महिलातर्फ ५ मिटर ७७ सेन्टिमिटर फल हान्दै बंगलादेशकी सोनिया अफ्तार पहिलो,दाङकी शिमा चौधरी दोश्रो र बर्दियाकी रविना थारु तेश्रो भएकी छन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *