भारत र रुसबीच रक्षा सम्झौता : रुसले एके-२०३ राइफल भारतमा उत्पादन गर्ने – Nepal Press

भारत र रुसबीच रक्षा सम्झौता : रुसले एके-२०३ राइफल भारतमा उत्पादन गर्ने

दिल्ली । भारत र रुसबीच एके-२०३ राइफल उत्पादन गर्ने रक्षा सम्झौतामा आज हस्ताक्षर भएको छ । आज दिल्लीमा भएको दुबै मुलुकका रक्षा र विदेशमन्त्रीको वार्तामा उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार रुसले भारतीय सेनाको लागि एके-२०३ एसल्ट राइफलको उत्पादन गर्नेछ । हतियार उत्पादन चाहिँ भारतको उत्तर प्रदेशस्थित अमेठीमा हुने भएको छ । एके-४७ राइफल उत्पादन गर्ने रुसी कम्पनीले नै एके–२०३ राइफल उत्पादन गर्नेछ ।

साथै, सन् २०३१ सम्म सैन्य सहायता आदानप्रदान गर्ने सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । सम्झौतमा दुबै मुलुकका रक्षा र विदेशमन्त्रीहरुले हस्ताक्षर गरेका छन् ।

आजै हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणमा दुबै मुलुकबीच ५१ बिलियन भारुको रक्षा सम्झौता हुने अपेक्षा गरिएको छ । नेपाली समयानुसार आज बेलुका पौने ६ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर