घुम्टो ओढेर राजा कुमारी जब मध्यरातमा स्टेज चढिन् (तस्बिरहरु) – Nepal Press

घुम्टो ओढेर राजा कुमारी जब मध्यरातमा स्टेज चढिन् (तस्बिरहरु)

काठमाडौं । ग्रामी अवार्ड मनोनित अमेरिकन-इन्डियन र्‍यापर राजा कुमारीले आफ्ना विश्वचर्चित गीतमार्फत काठमाडौंलाई तताएकी छिन् ।

ठमेलस्थित फरेनहाइट क्लबमा उनलाई सुन्न तन्नेरीको भीड उर्लिएको थियो । उनी मध्यरातमा हेलोे काठमाडौं सन्चै हुनुहुन्छ भन्दै घुम्टो ओढेर स्टेजमा उक्लिएकी थिइन् ।

चिसिएको काठमाडौंलाई तताउन राजा कुमारीको हट ड्रेसअप र एकसे एक र्‍याप गीतहरु पर्याप्त थिए । ८ बजेदेखि नै उनलाई सुन्न उर्लिएको भीड शनिबार बिहानसम्म भेला भएको थियो ।

 

सेतो पहिरनमा अनुहार छोपेर स्टेज चढेकी राजा कुमारीले एकदर्जन गीत गाइन् । अन्त्यमा उनले गाएको सिटी स्लम गीत नेपाली श्रोतामाझ ब्लकबस्टर नै छ । उनले यो गीतमा डिभाइनसँग सहकार्य गरेकी छिन् ।

दर्शकको वान्स मोर हुटिङमा उनले सिटी स्लम गीत दुईपटक गाइन् । फरेनहाइट सीइओ मिलन श्रेष्ठले कन्सर्ट भव्यरुपमा सफल भएको बताए । रातको २ बजेसम्म कन्सर्ट चलेको थियो ।

कन्सर्टका लागि बिहीबार नेपाल आएकी राजा कुमारी स्वदेश फर्किएकी छिन् । उनको यो दोस्रोपटकको नेपाल भ्रमण थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *