आङसाङ सूचीलाई चारवर्षको जेल सजाय – Nepal Press
म्यानमार अदालतको फैसला

आङसाङ सूचीलाई चारवर्षको जेल सजाय

यांगुन । म्यानमार अदालतले लोकतन्त्रवादी नेतृ आङसाङ सूचीलाई चारवर्षको जेल सजाय सुनाएको छ ।

बीबीसीका अनुसार उनलाई सहमतीलाई भड्काउने र प्राकृतिक विपत्ति अन्तर्गत कोभिड प्रोटोकल नियम उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो ।

उनीविरुद्ध ११ वटा आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरिएको थियो । तर, उनले आफूविरुद्धका आरोपहरुको खण्डन गरेकी छिन् ।

गत फेब्रुअरीमा म्यानमार सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गर्नुअघि नेतृ सूचीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् ।

सूचीको दल एनएलडीले बहुमत ल्याएको उक्त संसदीय चुनावमा धाँधली भएको भन्दै सेनाले जननिर्वाचित सरकारलाई बर्खास्त गरेको थियो । त्यसयता सूची आफ्नो घरमै नजरबन्दमा छिन् भने उनीविरुद्ध दर्जनौं अभियोग लगाइएको छ ।

सरकारी प्रवक्ताले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार आङसाङ सुचीलाई उक्साएको आरोपमा दुईवर्ष र कोभिड–१९ नियम उल्लङ्घन गरेकोमा दुई वर्ष सजाय दिइएको छ। प्रवक्ता जाव मिन तुनले पूर्व राष्ट्रपति विन मिन्टलाई पनि सोही आरोपमा चार वर्षको जेल सजाय भएको बताए ।

म्यानमारको सेनाले आङ सान सुकीविरुद्ध ल्याएको दर्जनौं मुद्दामध्ये सोमबारको फैसला पहिलो हो। नोबेल शान्ति पुरस्कार विजेता नेतृ सूची विरुद्धका अन्य मुद्दाहरूमा भ्रष्टाचारको धेरै आरोपहरू, राज्य गोप्य ऐनको उल्लङ्घन, र टेलिकम कानून जसमा उनीविरुद्ध फैसला भए एक शताब्दीभन्दा बढी जेल सजाय हुन्छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर