नारायण गोपालको सम्झनामा गुञ्जियो चितवन – Nepal Press

नारायण गोपालको सम्झनामा गुञ्जियो चितवन

चितवन । नारायणी कला मन्दिरमा स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यका कालजयी जीवन्त गीतहरु गुञ्जिएका छन् ।

नारायणी कला मन्दिरले आज ३१ औँ पुण्य स्मृतिको अवसरमा पारेर गरेको ग्लोबल नारायण गोपाल स्मृति साँझमा एक दर्जन बढी गायक-गायिकाले नारायणगोपालका गीतहरु प्रस्तुत गरेका हुन् ।

प्रविणकुमार श्रेष्ठ र महेन्द्रराज बरालले ‘म मरेपनि मेरो देश बाँचिरहोस्’, भावना देवानले ‘मेरो बेहोसी आज’, मधु लामाले ‘वीरताको चिनो’, विश्व प्रधानले ‘तिमिलाई के भनौं’, कविता शर्माले ‘यति धेरै माया दिई’ बोलको गीत गाए ।

कलामन्दिरको प्रेक्षालयमा रहेका दर्शकहरु नारायणगोपालका गीतहरुमा मन्त्रमुग्ध बने। देशभक्ति, पीरती, वियोगका गीतहरुमा सहभागी रमाए । रिदम व्याण्डले संगित दिने काम गरेको थियो ।

तबलामा श्यामकृष्ण मानन्धर, रिदम गीतारमा कमल थापा, किबोर्डमा निरेन मोक्तान, बाँसुरीमा प्रकाश पौडेल र अक्टोप्याडमा विवेक सिलवालले संगित भरे । मर्मस्पर्शी गीतमा सबै उनेरसमुहका दर्शक झुम्मिएका थिए ।

कला मन्दिरका अध्यक्ष उद्वव जोशीले २०५८ देखि नारायणगोपाल स्मृति साँझ गर्दै आइरहेको बताए । २०१९ मा स्थापना भएको कलामन्दिरले कलासंस्कृतिको जगेर्ना गर्दै आइरहेको छ । जारी स्मृति साँझमा अन्य कलाकारहरुले गीत प्रस्तुत गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर