भारतले चर्चित बनाएका गाउँपालिका अध्यक्ष जालिम मियाँले माओवादी त्यागे, एमाले प्रवेश गर्दै – Nepal Press

भारतले चर्चित बनाएका गाउँपालिका अध्यक्ष जालिम मियाँले माओवादी त्यागे, एमाले प्रवेश गर्दै

काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जिल्लाका चर्चित मुस्लिम नेता जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

भारतीय मिडियाले कुनै बेला तारो बनाएका जालिम नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्ने भएका हुन् ।

पर्साका एमाले नेताहरु राजकुमार गुप्ता, प्रभु हजारा, निर्मला देवकोटा, मनोज गुप्ता लगायतका नेताहसहित जालिमले हालैमात्र अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । उनीसहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन अध्यक्ष ओली पुस पहिलो साता पर्सा जाने भएका छन् ।

नेपालमा कोभिड महामारी शुरु भएका बेला भारतको पश्चिम चम्पारण जिल्लाका जिल्ला अधिकारीले नै गोप्य पत्राचार गर्दै जालिम मियाले आफ्नो घरमा शंकास्पद कोरोना संक्रमित मुस्लिमहरुलाई आश्रय दिएको र भारतमा घुसपैठा गराउन खोजेको आरोप लगाएका थिए ।

उनलाई भारतविरोधी करार गर्दै भारतीय मिडियाले आफुमाथि लगाएको भ्रामक र निराधार आरोप झुठो रहेको पुष्टि गर्नका लागि उनले आफनो परिक्षणका लागि स्वास्थ्यकर्मीलाई घरमा बोलाएका थिए ।

भारतको टिभी ९, न्युज १८, जि न्युज, एबीपीलगायतका टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालिम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराउन साजस गरिरहेको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर चैत २८ गते प्रशारण गरेका थिए।भारतीय पक्षले निराधार आरोप लगाएको भन्दै नेपालले आपत्ति जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर