राप्रपा चुनावः गणेश थापाको नामले अर्कैलाई फाइदा ! – Nepal Press

राप्रपा चुनावः गणेश थापाको नामले अर्कैलाई फाइदा !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचितहरुको सूचीमा भएको एउटा नामले धेरैलाई झुक्याएको छ । महिला तथा पुरुष खुल्लातर्फ निर्वाचित हुनेको २३ औं नम्बरमा छन्, गणेश थापा । धेरैले सोचे, कमल थापाका भाइ तथा एन्फाका पूर्व उपाध्यक्ष केन्द्रीय सदस्य निर्वाचित भए ।

गणेश थापाको ठीक मुनि उनका कान्छा छोरा अभिषेक थापाको नाम छ । थापाका बाबुछोरा नै केन्द्रीय सदस्य निर्वाचित भएको भनेर नेपाल प्रेसले पनि समाचार प्रकाशित गर्यो । तर, थापाले आफूले केन्द्रीय सदस्यमा चुनाव नै नलडेको जानकारी गराएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित भएका गणेश थापा अर्कै हुन् । अर्घाखाचीका यी गणेशलाई नामका कारण फाइदा मिलेको छ । बुझिएअनुसार उनले पोष्टरमा आफ्नो तस्वीर नराखिकन प्रचारप्रसार गरेका थिए ।

बाहिर जस्तो छवि भए पनि राप्रपाभित्र एन्फाका पूर्व अध्यक्ष गणेश थापा लोकप्रिय छन् । त्यसले धेरै मतदाताहरु पनि झुक्किएको विश्लेषण गरिएको छ ।

चुनाव अगाडि नै मतदाताहरु समक्ष गएर आफू उम्मेदवार नरहेको जानकारी गराएको थापा बताउँछन् । ‘मतदाताहरु नझुक्किनुहोस भनेर मैले पहिल्यै जानकारी गराएको थिएँ, तर पनि धेरैजना झुक्किनुभएछ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर