पत्रकार आचार्यद्धारा ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना


चितवन । चितवनमा पहिलो पटक क्रान्तिकारी पत्रकारका लागि ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापना गरिएको छ । प्रेस सेन्टर चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र आचार्यले आफ्नो छोरा अग्रिम आचार्यको नाममा १ लाख १ हजार ५ सय रुपैयाँको अक्षयकोषको स्थापना गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकार राजेन्द्र आचार्य र उनका बुवा हरिप्रसाद शर्माले अक्षयकोषका लागि चेक हस्तान्तरण गरेका हुन् ।
सौराहा अनलाइनको मूल कम्पनी अग्रिम मिडिया नेटवर्क प्रालिको पहलमा स्थापना गरिएको अक्षयकोषबाट आउने ब्याजले हरेक वर्ष जिल्लामा क्रियाशील एक जना क्रान्तिकारी युवा पत्रकारलाई पुरस्कार प्रदान गरिने पत्रकार आचार्यले जानकारी दिए ।
चितवनमै पहिलोपटक स्थापना गरिएको क्रान्तिकारी पत्रकारिता पुरस्कारको अक्षयकोषलाई बढाएर ५ लाखसम्म पुर्याइने आचार्यका बुवा हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।
सो रकमको चेक पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रेस सेन्टरका जिल्ला अध्यक्ष सूर्य पाठकलाई हस्तान्तरण गरेका थिए ।