भारतीय गाडीको ठक्करबाट कन्चनपुरमा एक जनाको मृत्यु – Nepal Press

भारतीय गाडीको ठक्करबाट कन्चनपुरमा एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

आइतबार बिहान कृष्णपुर नगरपालिका–२ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठक्कर दिँदा बाणीका तारा नाथको मृत्यु भएको प्रहरीले बताएको छ।

ठक्करबाट घटनास्थलमै नाथको मृत्यु भएपछि आफन्त र स्थानीयले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर